News Portal

घरबेटीको कुटाइबाट डेरावालको मृत्यु

रातोपोस्ट संवाददाता
५८५ पटक

काठमाडौं, २६ भदौ । काठमाडौंमा घरबेटीको कुटाइबाट भाडामा बस्ने व्यक्तिको मृत्यु भएको छ ।

बारा कलैया उपमहानगरपालिका–५ घर भई हाल काठमाडौं भाजङगल बस्ने ४८ वर्षीय शम्भु चौधरीको कीर्तिपुर नगरपालिका– ७ का घरबेटी प्रेमलाल महर्जनले काठको भाटाले हिर्काउँदा मृत्यु भएको हो ।

महानगरीय प्रहरी प्रभाग कीर्तिपुरका डीएसपी रुकेश तन्डुकारका अनुसार शुक्रबार बिहान सामान्य विवादमा घरबेटी महर्जनले चौधरीमाथि कुटपिट गरेका थिए ।  कुटपिटबाट गम्भीर घाइते चौधरीको कीर्तिपुर मोडल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ । महर्जनलाई प्रहरीले पक्राउ गरेको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्