News Portal

२४ घण्टामा थपिए १२०१ कोरोना संक्रमित

रातोपोस्ट संवाददाता
५९९ पटक

काठमाडौँ, भदौ २७ । पछिल्लो २४ घण्टामा नेपालमा १२०१ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै हालसम्म ५३ हजार १२० संक्रमितको संख्या पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबारको नियमित प्रेस व्रिफिङमा १२०१ संक्रमित थपिएको जानकारी दिएका हुन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ८५२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३७ हजार ५२४ पुगेको छ ।

यसतै पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोनाले मृत्यु भएको छ । यो सँगै ज्यान गुमाउनेको संख्या ३३६ पुगेको छ ।

प्रतिकृया दिनुहोस्