News Portal

काँकरभिट्टा ट्राफिक प्रहरी विट प्रमुखमा : प्रधान

रातोपोस्ट संवाददाता
१८०८ पटक

झापा, भदौ २९ । झापाको मेचिनगरस्थित ट्राफिक प्रहरी विट काँकरभिट्टाका प्रमुख कृष्ण बहादुर प्रधानले काँकरभिट्टाको ट्राफिक व्यवस्थापनमा कुनै कमी हुन नदिने प्रतिवद्ता व्यक्त गरेका छन् ।

ट्राफिक प्रहरी विट काँकरभिट्टाका प्रमुखको जिम्मेवारी सम्हाल्न आइपुगेका प्रधानले आज पत्रकारसँग कुराकानी गर्दै काँकरभिट्टाको ट्राफिक व्यवस्थापनमा कुनै कमी हुन नदिने बताए ।

एक साता अघि ट्राफिक प्रहरी विट काँकरभिट्टाका प्रमुख जिम्मेवारी सम्हाल्न आएका प्रधानले प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीबाट आएका हुन् । सीमा क्षेत्रमा उनको जिम्मेवारी पहिलो पटक भएपनि यहाँको समस्यासँग जानकार रहेको उनले बताए ।

उनले भने– नेपालका अन्य सहर भन्दा यो सहरमा ट्राफिक व्यवस्थापन भिन्न छ तर सबैको सहयोगमा मेरो कार्याकाल सफल हुनेमा म विश्वस्त छु ।’ ‘प्रहरीको मात्र सक्रियतामा सफलता प्राप्त गर्न नसकिने भन्दे उनले सबैको सहयोग भएमा काँकरभिट्टामा ट्राफिक व्यवस्थापनमा आफ्नो टिमले सफलता प्राप्त गर्नेछ ।

उनले भने– ढुक्क हुनुहास्, काँकरभिट्टाको ट्राफिक व्यवस्थापन अब मेरो हातमा छ । उत्कृष्ठ व्यवस्थापनमा म लाग्नेछु ।’यसमा सबैकाे सहयोगकाे आवश्यक रहेकाे प्रधानले बताए ।

प्रतिकृया दिनुहोस्