News Portal

  • कोरोनाबाट थप ११ को मृत्यु, मृत्यु हुनेको संख्या ३७१ पुग्यो

    रातोपोस्ट संवाददाता
    ४४३ पटक

    काठमाडौँ, भदौ ३० । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको पुष्टि गरेको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या ३७१ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा ४ जना महिला र ७ जना पुरुष रहेका छन् । महिलामा काठमाडौँकी ८६ बर्षिय, सिराहकी ३५ बर्षिय, बाराकी ५५ बर्षिय र रुपन्देहीकी ६४ बर्षिय रहेका छन् । त्यस्तै, पुरुषमा काठमाडौँका ३ जना रहेका छन् । जसमा ३४, ९६, ६६ बर्षिय रहेका छन् ।

    त्यस्तै सर्लाहीका ६४ बर्षिय, मकवानपुरका ६१ बर्षिय, बाराका ५५ बर्षिय र कपिलवस्तुका ५८ बर्षिय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका डा. जागेश्वर गौतमले मंगलबारको नियमित मिडिया ब्रिफिङमा जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)