News Portal

मृत्यु भइसकेपछि कोरोना परीक्षण नगर्ने सरकारको निर्णय

रातोपोस्ट संवाददाता
४०८ पटक

काठमाडौं, भदौ ३१ । अबदेखि मृत्युपछि कसैको पनि कोरोना परीक्षण नगरिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले कोही कोरोना शंकास्पद बिरामीको मृत्यु भएको त्यसको पीसीआर परीक्षण नगर्ने जानकारी दिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको निर्णय अनुसार यस्तो निर्देशिका जारी गरिएको गौतमको भनाइ छ ।

शंकास्पद बिरामीको मृत्यु भएमा शव व्यवस्थापन गर्दा उच्च सावधानी अपनाउने, सम्पर्कमा आएकालाई अनिवार्य क्वारेन्टाइनमा राख्ने तर मृतकको परीक्षण भने नगर्ने प्रवक्ता गौतमले बताए । नेपालमा कोरोनाबाट मृत्यु भएका भनिएका करिब ५० प्रतिशतमा मृत्युपछि कोरोना पुष्टि भएको छ ।

प्रतिकृया दिनुहोस्