News Portal

झापामा थप चार जनामा काेराेना पुष्टि

रातोपोस्ट संवाददाता
५४५ पटक

झापा, असाेज २ । झापामा आज थप चार जनामा काेराेना संक्रमण  पुष्टि भएकाे छ ।  शिवसताक्षी नगरपालिकाका  ३ जना र कन्काइ नगरका १ जना गरि थप ४ जनामा  कोरोना संक्रमण पुष्टि भएको हाे  ।

शिवसताक्षी नगरपालिका सतासी प्रा.वि. क्वारेन्टाइनका दुई जना र एक जना कन्ट्रयाक्ट ट्रेसिङका क्रममा कोरोना संक्रमण पुष्टि भएको हो ।

सताक्षीका संक्रमित २ पुरुष  र १ महिला रहेका छन् ।  दुई जना पुरुष दुवई र कुवेतबाट आएर क्वारेन्टाइनमा बसेका हुन् भने, एक महिला स्थानीयबासी हुन् ।

उनीहरु शिवसताक्षी ५, ६ र ८ निवासी हुन् । नगरपालिकाले हिजो स्वाव संकलन गरी पिसिआरका लागि धरान पठाइएको थियो ।                                                                                                                 त्यस्तै, कन्काई नगरपालिका वडा नम्बर २ का ८० बर्षका एक स्थानीय पुरुषमा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

प्रतिकृया दिनुहोस्