News Portal

त्रिशुलीमा पेट्रोलियम पदार्थ बोकेको ट्यांकर खस्यो

रातोपोस्ट संवाददाता
८०४ पटक

धादिङ, असाेज ४ । शनिबार मध्यराति पृथ्वी राजमार्गस्थित गल्छी बैरेनीको नमस्ते ग्यास उद्योग नजिकको मोडबाट पेट्रोल बोक्ने ट्यांकर त्रिशूलीमा खसेको छ ।

अमलेखगञ्जबाट काठमाडौं जाँदै गरेको उक्त ट्यांकर खसेपछि तेल भर्ने भागमा आगलागी समेत भएको छ । पानीमा माथिल्लो भाग मात्रै देखिएको उक्त ट्यांकरमा आगलागी भएकोले उद्धारमा समेत कठिनाइ भएको गजुरीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले बताए ।

उक्त ट्यांकरमा चालकसहित कति जना व्यक्ति सवार थिए भन्ने खुलेको छैन । उद्धारका लागि चितवनको कुरिनटारबाट सशस्त्र प्रहरीको गोताखोर बोलाइएको छ ।

प्रतिकृया दिनुहोस्