News Portal

हिरासत सभा-सुमनसिंह पाैडेल

सुमनसिंह
२१३५ पटक

हिरासत सभा
-सुमनसिंह पौडेल

यतिका दिनहरु, रातहरु
चक्कर काटिरहेका मेरा समयहरु
कहिले सुनसरिको इनरुवा
अनि कहिले झापाका हिरासत र कारागारहरु
अहिले फेरि आइपुगेको छु इटहरी
जानकारी आइसक्यो मलाइ
पुग्दैछु म फेरि संखुवासभा खांदबारी

मलाइ यतिबेला
यहि रमाइलो लाग्न थाल्यो
किन कि
म यंही क्रान्ती फिंजाइरहेको छु
पुगिरहेको छु प्रहरी जवानका हृदयहरुमा
गुजगुजाइरहेको छु हाकिमका मथिङ्गलहरुमा
संचालन गरिरहेको छु हरेक क्षण
मैले अपेक्षा गरेको हिरासत सभा
चलाइरहेको छु जेल सभा
पुग्दैछु फेरि खांदवारी
पुर्यांउदैछु पुरानो सत्ताका अड्डाहरुमा
क्रान्तिको संदेश
जनमुक्तिको संदेश

भेटिएका छन जेल र हिरासतहरुमा
मजदुर, सुकुमवासी र उत्पिंडितहरु
बौद्धि, शिक्षक र प्राज्ञिकहरु
भनिरहेका छन सबै मलाइ
क्रान्ती अनिवार्य छ, जित जनताको हुने छ
सरकार थुनिरहेको छ, घुमाइरहेको छ
तर देशै भरी
चलिरहेका छन हिरासत सभाहरु
चलाइरहेका छन क्रान्तिविरहरु
त्यसैले, जुर्मुराइरहेका छन उत्पिडिंत आत्माहरु

मुशोलोनि
टिटो र हिटलरका सन्तानहरु
लेण्डुपेहरुको रास्ट्रघाती सत्ता
देश बेच्नेहरुलाइ सम्मान गर्छ
थुन्न सक्दैन भ्रस्ट र महा तस्करहरुलाइ
न्यायं पांउदैनन यहाँ निर्मलाहरुले
उजाडिएका छन
सुकुमवासी बस्ती र सपनाहरु
थुनिन्छन यहि अपराधी सत्तामा

भोक खप्न नसकेर
सामन्तिको बगानको एक पोका लिची चोर्ने सडकबालकहरु
घिसार्दै ल्याइन्छन र रातभर पिटिन्छन
हिरासतहरुमा
थुनिन्छन यंहा, अपराधी सत्ताको हिरासतमा
एक छाक खानको निम्ति संघर्ष गर्नेहरु
थुनिन्छन यहाँ गरिबहरु

आरोपहरुले थला परेका
अन्यायपुर्ण सत्ताका बन्दिहरु
न्याय पाउने आशा राख्दैनन
न्याय प्रती एक रत्ती बिश्वास गर्दैनन
बैमान र अपराधले गिजोलिएको
सत्य र न्यायलाई गिज्याएको
भ्रस्ट न्याय र प्रणाली
फेर्नै पर्ने भैसक्यो
उठ्नैपर्ने भैसक्यो
भन्छन हिरासत सभाहरुमा बन्दिहरु

०७७/०२/२३
इटहरी हिरासत

प्रतिकृया दिनुहोस्