रातोपोस्ट संवाददाता

झापा,असोज १४ । झापाको बिर्तामोडबाट लागूऔषध खैरो हिरोईन (ब्राउनसुगर ) सहित दुई जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा झापाको कचनकवलका २२ बर्षीय सुदम राजवंशी र सोही स्थानका ३९ बर्षीय नरबहादुर राजवंशी रहेका छन ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
नियन्त्रण पश्चात चेकजाँच गर्दा प्लाष्टिकमा पोको पारेर राखिएको अवस्थामा १३ ग्राम ब्राउनसुगर बरामद गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट नगद ९ हजार समेत फेला पारी बरामद गरिएको छ भने पक्राउ परेका दुबैलाई ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धानकाे लागि कारबाही अगाडी बढाईएको बताइएको छ ।