News Portal

राष्ट्रिय युवा संघको झापा इञ्चार्जमा आचार्य, सह इञ्चार्जमा मगर

रातोपोस्ट संवाददाता
१२३७ पटक

झापा, असाेज १६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध युवा संगठन राष्ट्रिय युवा संघ झापाको इञ्चार्जमा कुमार आचार्य चयन भएका छन् ।

संघको यही असोज १४ र १५ गते काठमाण्डौंमा सम्पन्न केन्द्रीय कार्यालय बैठकले उनलाई जिल्ला इञ्चार्जको जिम्मेवारी प्रदान गरेको हो । आचार्य संघको केन्द्रीय सदस्य समेत हुन् । त्यस्तै, सो बैठकले केन्द्रीय सदस्य समेत रहेका प्रत्युस आजाद राना मगरलाई जिल्ला सह इञ्चार्ज तोेकेको छ ।

साविकको वाइसिएल र युवा संघको जिल्ला एकता प्रक्रियापछि बनेको राष्ट्रिय युवा संघ झापाको संयोजकमा शम्भू भण्डारी र सह संयोजकमा दधि रिमाल यसअघि नै चयन भइसकेका छन् ।

प्रतिकृया दिनुहोस्