News Portal

कोरोनाबाट मृत्यु हुनेको संख्या ५२० पुग्यो

रातोपोस्ट संवाददाता
४३५ पटक

काठमाडौं, असाेज १६ । पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोनाको कारण मृत्यु भएको छ ।

यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ५२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज मृत्यु हुनेमध्ये ७ जना पुरुष र ४ जना महिला रहेका छन् । यो कुल संक्रमितको ० दशमलव ६५ प्रतिशत हो ।
बितेको २४ घण्टामा नेपालमा थप २ हजार ७२२ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १४ हजार ७३९ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप २ हजार ७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिकृया दिनुहोस्