News Portal

सरकारद्धारा सबै तहका परीक्षा सञ्चालन गर्न दिने निर्णय

रातोपोस्ट संवाददाता
४४७ पटक

काठमाडौं,  असोज २१ । सरकारले सुरक्षासम्बन्धी मापदण्ड अपनाएर सबै तह र विषयका परीक्षा सञ्चालन गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले स्थानीय तह, प्रदेश र संघीय सरकारबाट जारी भएका सुरक्षासम्बन्धी मापदण्ड अपनाएर परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

‘जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पूरा गर्नेगरी प्रतिष्ठान, बोर्ड, विश्वविद्यालय र विद्यालयका सबै तह र विषयमा परीक्षा सञ्चालन गर्न सैद्धान्तिक सहमति दिने निर्णय भएको छ,’ सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भने ।

उनका अनुसार सरकारले २५ जनासम्म सहभागी भएर दिइने व्यावसायिक तालिम पनि खुला गर्ने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस्