News Portal

  • अनसनरत डा. केसीको अवस्था गम्भीर

    रातोपोस्ट संवाददाता
    ३९४ पटक

    काठमाडौं, असोज २१ ।  अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । २४ दिनदेखि अनसनरत डा। केसीको रक्तचाप घटेर ७०/ ५० पुगेको चिकित्सकहरुले बताएका छन् ।

    केसीको शरीरमा अक्सिजनको मात्रा काम भएको बताइएको छ । डा. केसीको उपचारमा संलग्न चिकित्सकका अनुसार थकान, रिंगटा लाग्ने, मुटुको धड्कन अनियमित हुने लगायतका समस्या देखिएको छ ।

    सरकारले डा. केसीलाइ अनसन तोड्न आग्रह गरे पनि उनले अस्वीकार गरेका छन् । मंगलबार वार्ताका लागि पुगेको सरकारी टोलीलाई डा. केसीले अनसन नतोड्ने जवाफ दिएका थिए ।

    त्यस्तै नेपाल कम्युनिष्ट पार्टी  (नेकपा) को सचिवालय बैठकले पनि डा। केसीलाई अनसन तोड्न आग्रह गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)