News Portal

दलालहरूकाे पतन, आगामी समय र युवाहरूको भुमिका

सुवास राई
१४४२ पटक

आमुल परिवर्तनको चाहना राखेर नेपाली जनताले बिगत देखि नै विभिन्न बलिदानी पुर्ण आन्दोलनहरुमा सहभागीता जनाउदै आइरहेका छन । यहाँ सासकहरुका अनुहार फेरिए, सासकिय स्वरूप पनि फेरिए जस्तो देखिन पुग्यो, तर जनताको जिबनमा भने कुनै बदलाव आउन सकेन । आज देशमा कम्युनिस्ट नामको दुई तिहाई प्राप्त सरकार हुँदा पनि जनताले सुख होइन कि बरु झन् धेरै सास्ती भोग्नु परिरहेको छ ।

सिंगो रास्ट्र संकटको भुमरीमा फसिरहेको स्पस्ट छ । एमसिसी जस्तो रास्ट्रहित प्रतिकुल हुने भंयकर ठूलो रास्ट्रघात वर्तमान सत्ताधारीहरु संसदबाट अनुमोदन गराउन जोडबल गरिरहेका छन । हिजो झापा आन्दोलनमा सहभागी हुने योद्धाहरुको जीवन निराशा पुर्ण दयनिय अवस्थामा छ । तर त्यहि झापा आन्दोलनको रक्ताम्य भुइँमा बुर्कुसी मारेर सत्तामा पुगेका केपि, अाेलिहरु शहिदहरुको बलिदानको धज्जी उडाउँदै रास्ट्र र जनताको हित बिपरित अपराध कर्म गर्नु नै आफ्नो मुख्य काम हो भन्ने ठान्न पुगेका छन ।

मदन भण्डारिले भनेका थिए – सामन्तिहरुको अवशेष रह्यो भने एक राजा फेर्दैमा केही अर्थ राख्दैन । तर त्यही सामन्तबाद बिरोधि आन्दोलनको नेतृत्व गर्ने केपि स्वयं आफू नव सामन्तहरुको नाइकेमा बदलिन पुगेका छन । उता दशबर्से जनयुद्धका सुप्रीमो प्रचण्डले जसका बिरुद्ध १७ हजार नेपाली जनताको रगतको पोखरी बनाए तिनै प्रतिक्रियावादीहरुको बफदार गुलाम बन्न पुगेका छन । केपि/ प्रचण्डहरु गरिब बर्गको सपनालाइ रगतको अहालमा छोडेर लज्जास्पद ढंगले दलालको रुपमा पतित बनेका छन ।

नेपाली बर्नस्टिन मदन भण्डारीका चेला केपि / प्रचण्डहरु आज जनताको सपनालाई लत्याएर पुजिवादका गुलाम बनेका छन । त्यसैले स्वयं उनिहरु विश्व सर्वहारा बर्गको दुश्मन बन्न पुगेका छन । सामन्तवाद र संसदिय प्रणालिको समुल अन्त्य गरेर जनबाद, बैज्ञानिक समाजबाद, साम्यवादि सभ्यता स्थापना गर्ने लक्ष लिएर जनयुद्धमा होमिएका सहिदहरुले सम्मान होइन अपमान ब्यहोरिरहेका छन ।

शहिदहरुको व्यापार भइरहेको छ । सहिदको परिवार बिचल्लीमा छन्, उनिहरुलाइ सान्तवना समेत छैन । घाइते अपांगले उपचार पाएका छैनन उनिहरुको जीवन कष्टकर पुर्ण रुपमा बितिरहेको छ । जनयुद्धको नेतृत्व गरेका बाबुराम कम्युनिस्ट नै छाडेर भाग्न पुगेका छन । प्रचण्ड प्रतिक्रान्तिको नेतृत्व गर्दै बिलासी जिबन बिताइरहेका छन् । जनताले आसा गरेका यस्ता कंयौ नायकहरु आज खलनायकको रुपमा पतित हुन पुगेका छन । यस्तै स्थितिको सामना गर्दै आएका नेपाली जनताको बिचमा छाएको निराशाको कालो बादल फाटेको छ ।

ढलेको क्रान्तिको झण्डा उठेको छ, बलिदानिको पंक्ती फेरि खडा भएको छ, दलाल पुंजिवादी संसदिय ब्यवस्थाको बिकल्पमा बैज्ञानिक समाजबादि सत्ताको स्थापना गर्ने बिषय जबर्जस्त बनेर आएको छ । सकियो, हराए, नासिए, भासिए भनेको क्रान्ती र क्रान्तिकारिहरु भर्भराएर उठेको छ/ उठेका छन । उत्पीडित हरुको बिचमा आशा पलाएको छ ।

क• बिप्लवको नेतृत्वमा नेकपाले एकीकृत जनक्रान्ती मार्फत दलाल संसदिय ब्यबस्थाको बिकल्प बैज्ञानिक समाजबाद स्थापना गर्ने उदेश्यका साथ जनताको बिचमा बसेर राष्ट्रियता, जनतन्त्र, जनजिबिकाको सवालमा आवाज उठाउँदै रास्ट्रघाती, जनघाती भ्रष्टाचारको विरुद्ध संघर्स गर्दै आइरहेको छ । जनताको बिश्वास भरोसा बढ्दै गएको र यसले आफ्नो सत्ता असुरक्षित हुँदै गएको ठानेर अहिलेको दलाल सत्ताद्वारा नेकपा माथी प्रतिबन्ध लगाएको छ । गणतन्त्रको खिल्ली उडाउँदै गणतन्त्रको निम्ति लढ्ने योद्धाहरुलाई हत्कडी लगाउँदै झुट्टा मुद्दा लगाउंदै देशको विभिन्न जेल हिरासतमा राखिएको छ भने ज्यानमारा भ्रष्टाचारीलाई उन्मुक्ति दिने कार्य गरिरहेको छ ।

यसले दलाल सत्ता बिरुद्ध अगाडि बढेको एकीकृत जनक्रान्तिलाई आमने सामने गराएको छ । निर्णायक लडाइँको तहमा जनताको जित अवश्य हुनेछ, बैज्ञानिक समाजबाद स्थापना हुनेछ भन्नेमा कुनै भ्रम छैन । आज बिश्वब्यापी कोरोना भाइरस (कोभिड १९) महामारीको कारण मानव जीवन अस्तब्यस्त बनेको छ बिश्वमै राजनीतिक, आर्थिक प्रभाव परेको बेला यसको असर हाम्रो देश नेपालमा पनि परेको छ । कोरोना महामारीको अव्यवस्थापन र पुँजिवादिहरुको असक्षमताले अहिले बिश्वब्यापी रूपमा पुजीवादी राज्य ब्यवस्था कि बैज्ञानिक समाजबादी राज्य ब्यबस्था भन्ने बहस चलिरहेको देख्न सकिन्छ । समाजबादी मुलुकहरु कोरोना महामारी ब्यवस्थापन गर्न सक्षम बनिरहँदा पुँजीवादी मुलुकहरुमा कोरोनाले ज्यादै क्षती पुर्याइरहेको छ । पुजीवादी रास्ट्रका सासकहरु आफ्नो जनताको जीवनप्रती जिम्मेवार देखिदैनन बरु आफ्नो स्वार्थ, सत्ता मोह , नाफा र नोक्सानमा बढी चिन्तित देखिन्छ्न ।

आजको अवस्थामा कोरोनाद्वारा उत्पन्न संकटले बैज्ञानिक समाजबादको अनिवार्यतालाइ एकदमै नजिक ल्याइदिएको छ । यसर्थ पनि आजको युग पुंजिवादिहरुको भए पनि अबको युग उनिहरुको होइन । अबको युग साम्यवादीहरुकै हो । अबको बिश्वब्यापी प्रबृतिनै साम्यवादी प्रबृती हो । यतिबेला बिश्वब्यापी बहसको रुपमा रहेको बैज्ञानिक समाजबाद कि पुंजिवाद ? भन्ने बिसयमा गम्भिरता पुर्वक सहभागिता जनाउन आवश्यक छ । र यसको नेतृत्व युवाहरुले लिन तयार रहनु पर्ने देखिन्छ ।

सर्वहारा बर्गको रगतसंग आफ्नो बैभव साट्ने नेपाली दलालहरुको भ्रमबाट बाहिर आएर सम्पुर्ण नेपाली युवाहरुले बिश्वको आगामी भविश्य र हाम्रो भुमिका के ? भन्ने बिसयमा युवाहरु सचेततापुर्वक उत्रनु पर्ने आवश्यकता छ । साथै माथि चर्चा गरिए जस्तै नेपाली जनताको सपना माथी घात गरेर प्रतिक्रान्तिको नेतृत्व गर्न पुगेकाहरुको भ्रम, तिकडम र चालबाजी र क्रान्ती बिरुद्धको दमनका बिरुद्ध युवाहरुले आफूलाई सशक्त रुपमा उभ्याउन आवश्यक छ ।

नेपालमा यतिबेला एमसिसी जस्तो रास्ट्रघात गरेर नेपाललाइ पुंजिवादिहरुको स्वार्थ केन्द्र बनाउन खोजिएको छ । यसले नेपाल र नेपाली जनताको जिवनलाइ तहसनहस पार्न सक्ने समेत खतरा रहेको छ । त्यसैले नेपाली युवाहरुले रास्ट्रघात बिरुद्ध , राष्ट्रिय स्वाधिनताको पक्षमा,राष्ट्रिय मुक्तीकाे युद्ध लड्न समेत आफूलाई  तयार राख्न आवश्यक देखिन्छ । हाम्रो भविश्य सुनौलो छ – बैज्ञानिक समाजबाद स्थापनाको दिशामा अगाडि बढौं ।

प्रतिकृया दिनुहोस्