
झापा, २३ असोज । झापामा शुक्रबार २९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ४ जना महिला र २५ जना पुरुष रहेका छन् ।
आज भद्रपुरका एक महिला, १२ पुरुष, मेचीनगरका ३ महिला, २ पुरुष, बिर्तामोडका ६ , अर्जुनधाराका २ , कमल, गौरीगञ्ज र गौरादहका १ –१ जना पुरुष गरि २९ जनाका संक्रमित थपिएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले बताए ।
भद्रपुरमा संक्रमण पुष्टि भएका मध्ये २ जना मोरङ र ईलाम ठेगाना भएका, २ जना स्वास्थ्यकर्मी, र १ जना बैंकका कर्मचारी रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
त्यस्तै बिर्तामोडमा संक्रमण पुष्टि भएका मध्ये ४ जना ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका कर्मचारी, २ जना बैंकका कर्मचारी र मेचीनगरमा संक्रमण पुष्टि भएका मध्ये १ जना मोरङ ठेगाना भएका बैंकका कर्मचारी रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चम्लागाईले बताए ।
योसँगै झापामा कुल कोरोना संक्रमितको संख्या एक हजार ३२ पुगेको छ भने डिस्चार्ज हुनेको संख्या ८ सय ४८ रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय ७२ पुगेको छ ।
आजसम्म झापामा २७ हजार ८९८ जनाको पिसिआर परिक्षण भएको छ भने हालसम्म कोरोना संक्रमणबाट ११२जनाको मृत्यु भइसकेको छ । आज दमकका एक ५२ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।