News Portal

एकता युवा क्लबको प्रथम बार्षिकोत्सब “प्यानल डिस्कसन” का साथ सम्पन्न

रातोपोस्ट संवाददाता
२०२१ पटक

मेचीनगर,२५ असाेज । एकता युवा क्लबको प्रथम बार्षिकोत्सब कार्यक्रम धुलाबारीकाे इष्ट होराइजन मा.बि. मा  विविध कार्यक्रमको आयोजना गरेर  सम्पन्न भएको छ।

प्रदेश सांसद् गोपाल चन्द्र बुढाथोकीकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मेचीनगर नगरपालिकाका मेयर बिमल आचार्य, डा. पोषणराज त्रिपाठीको बिशेष आतिथ्यता  थियो भने महिला अभियान्ता रेनुका डाँगी, इष्ट होराइजन मा.बि का प्रिन्सिपल सन्जिब राई र गृहलक्ष्मी सहकारी व्यवस्थापक सरोज मेहराको आतिथ्यता  रहेको थियो ।

कार्यक्रमलाइ दुई भागमा बिभाजन गरी प्रथम औपचारिक कार्यक्रम पश्चात “कोरोनाको प्रभाव,  युवा र बिकास” भन्ने बिषयमा प्यानल डिस्कसन चलाइएको थियो । प्यानल डिस्कसनमा प्रदेश संसद् गोपालचन्द्र बुढाथोकी, मेचीनगर प्रमुख बिमल आचार्य र डा. पोषणराज त्रिपाठी सहभागी भएका थिए । कार्यक्रमलाई युवा अभियान्ता निरोज कट्टेलले सहजीकरण गरेका थिए ।

संस्थाको तर्फबाट स्वागत मन्तव्य राख्दै एकता युवा क्लवले विगत एक बर्षदेखि गरेको कार्यक्रम र भावी योजनाबारे क्लबकी सचिब मन्जु चिमरियाले प्रष्ट पारेकी थिइन । आशिष पौडेलले संचालन गरेको उक्त कार्यक्रममा ६० जना  युवाहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमको अध्यक्ष तथा  संयोजक  सन्तोष   धमलाले  कार्यक्रम समापन गर्दै कार्यक्रमका लागि हल उपलब्ध गराई सहयोग गरेकोमा इस्टहोराइजनका  प्रिन्सिपल सन्जिब राई र माक्स  सेनिटाइजर सहयाेग उपलब्ध  गराउने  सोम ओझालाई विशेष धन्यवाद ब्यत्त गर्दै कार्यक्रम “प्यानल डिस्कसन” को  सहजीकरण गरिदिएकाेमा निरोज कटेललाई विशेष धन्यवाद ब्यत्त गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्