News Portal

नोबेल शिक्षण अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितकाे मृत्यु

रातोपोस्ट संवाददाता
५९८ पटक

बिराटनगर,२५ असाेज। विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितकाे शनिबार राति  मृत्यु भएको छ।मृत्यु हुनेमा  सुनसरीका  एक वृद्ध पुरुष र एक महिला रहेका छन्।

स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा त्यही दिन रिपोर्ट पोजिटिभ आएपछि थप उपचारका लागि आइसोलेसनमा भर्ना गरिएका  सुनसरी हरिनगरा–४ का ७१ वर्षीय वृद्धको उपचारका क्रममा राति १०:१५ बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएकाे छ। श्वासप्रश्वासमा समस्या भएका उनलाई उपचारका लागि असोज २१ गते अस्पताल भर्ना गरिएको थियो।

त्यस्तै असोज २० गते भर्ना गरिएकी  दुहवी –३ की ४० वर्षीया महिलाको पनि राति ११ बजे मृत्यु भएको छ। पीसीआर रिपोर्ट पोजिटिभ आएपछि थप उपचारका लागि आइसोलेसनमा भर्ना गरिएकी मृतकमा मधुमेह र फोक्सो सम्बन्धी पुरानै समस्या रहेको अस्पतालका  प्रबन्धक नारायण दाहालले बताए।

प्रतिकृया दिनुहोस्