News Portal

प्रतिभा युवा परिवारको अध्यक्षमा गौतम

रातोपोस्ट संवाददाता
१०१५ पटक

मेचीनगर, असोज २५ । मेचीनगर­- ८ स्थित प्रतिभा युवा परिवारको अध्यक्षमा राजु गौतम सर्वसम्मत चयन भएका छन् । परिवारको शनिबार सम्पन्न सातौं वार्षिक साधारण सभाले दुईवर्षे कार्यकालका लागि उनलाई अध्यक्षमा चयन गरेको हो ।

थामी समाजको सामुदायिक भवनमा आयोजित साधारण सभाले उपाध्यक्षमा सञ्जय थामी, सचिवमा विकास राउत, सह­सचिवमा जुनु बस्नेत र कोषाध्यक्षमा शेखर पौडेललाई चयन गरेको छ ।

उक्त संस्थाको सदस्यहरुमा गोपाल खनाल, सविन खनाल, विवेक बुढाथोकी र सविना थामी रहेका छन् । त्यस्तै, संस्थाको सल्लाहकार समिति संयोजकमा लालबहादुुर थामी, सदस्यहरूमा विकेन्द्र धिमाल, टिकाभूषण आत्रेय, तुलसीराम घिमिरे र खिला मेचे चयन भएका छन् ।

मेचीनगर–८ का वडा अध्यक्ष विकेन्द्रकुमार धिमालको प्रमुख आतिथ्यतामा सम्पन्न सभाको उद्घाटन सत्रमा मेचीनगर–८ का वडा सदस्य सन्तोष मेचे, नेकपा मेचीनगर अध्यक्ष कुन्दन निरौला, समाजसेवी प्रकाश ढुङ्गानालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा मेचीनगर–८ का वडा सदस्य गंगा पाठक, नेकपा मेचीनगर–८ वडा सचिव विष्णु भट्टराई, बिन्ति साकोसका अध्यक्ष दशरथ खडिया, श्रीकृष्ण व्यासाश्रम मन्दिर समिति सदस्य मुकुन्द भट्टराईलगायतको आतिथ्यता थियो ।

संस्थाका अध्यक्ष युवराज आचार्यको सभापतित्वमा सम्पन्न सभाको उद्घाटन सत्रमा स्वागत संस्थाका पूर्वअध्यक्ष सञ्जय थामी र सञ्चालन संस्थापक अध्यक्ष एवँ कार्यक्रम संयोजक राजु गौतमले गरेका थिए ।

प्रतिकृया दिनुहोस्