News Portal

करेन्ट लगाएर माछा मार्ने क्रममा एकजनाकाे मृत्यु, एक घाइते

रातोपोस्ट संवाददाता
११२१ पटक

झापा, २६ असोज । विर्तामाेडमा करेन्ट लगाएर माछा मार्ने क्रममा एकजनाकाे मृत्यु भएकाे छ भने एकजना घाइते भएका छन्। मृत्यु हुनेमा पाँचथरको फिदिम घर भई केही दिन अघिमात्र विर्तामाेड स्थित सानीआमाको घरमा पाहुना आएका २४ वर्षीय शिव तुम्वाहाम्फे रहेकाे प्रहरीले जनाएकाे छ ।

आइतवार साँझ ६ बजेतिर उनी साथीको लहैलहैमा लागेर माछा मार्न गएकाे र साेही क्रममा मृतक तुम्बाहाम्फे र उनका साथी हरिप्रसाद रिमाललाई अचानक करेन्टको झट्का लागेको थियो । शिव तुम्वाहाम्फेको घटनास्थलमै मृत्यु भएको र उनका साथी रिमालको बीएन्डसी अस्पतालमा उपचार भइरहेका प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्