News Portal

नवनियुक्त मन्त्रीहरूले लिए पद तथा गोपनीयताको सपथ

रातोपोस्ट संवाददाता
४५५ पटक

काठमाडाैँ,२९ असाेज। मन्त्रिमण्डलमा समावेश गरिएका   नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन्। बिहीबार बिहान करिब साँढे ११ बजेतिर नवनियुक्त तीन मन्त्रीले राष्ट्रपति कार्यालय शीतल निवासमा सपथ लिएका हुन्।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समाराेहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त अर्थमन्त्री विष्णु पौडेल, सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठलाई  पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

प्रधानमन्त्री ओलीले बुधबार मन्त्रिमण्डलमा आंशिक हेरफेर गर्दै उनले पार्टी महासचिव विष्णु पौडेललाई अर्थ मन्त्रालय, कृष्णगोपाल श्रेष्ठलाई सहरी विकास र लीलानाथ श्रेष्ठलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएका थिए।

बुधबार साँझ राष्ट्रपति कार्यालयले विज्ञप्ति सार्वजनिक गर्दै प्रधानमन्त्रीको सिफारिसमा मन्त्री नियुक्ति र हेरफेरको निर्णय भएको जानकारी दिएको थियो।

प्रतिकृया दिनुहोस्