News Portal

कोरोनाबाट थप २१ जनाको मृत्यु, मृतकको संख्या ७१५ पुग्यो

रातोपोस्ट संवाददाता
५९८ पटक

काठमाडौं , ३० असोज  । कोरोना भाइरसको संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर २१ जनाको मृत्यु भएको हो ।

कोरोना संक्रमणबाट बिहीबार १९ जनाको मृत्यु भएको थियो भने बुधबार १२ जनाको मृत्यु भएको थियो । मंगलबार देशभर १८ जनाको कोरोना संक्रमितको मृत्यु भएको थियो ।

सोमबार देशभर कोरोना संक्रमणबाट ९ जना र आइतबार देशभर कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको थियो । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७१५ पुगेको छ ।

प्रतिकृया दिनुहोस्