News Portal

बुद्धशान्ति गाउँपालिका अध्यक्ष भुजेललाई काेराेना संक्रमण पुष्टि

रातोपोस्ट संवाददाता
८३० पटक

बुधबारे,४ कात्तिक। बुद्दशान्ति गाउँपालिकाका  अध्यक्ष रमेशकुमार भुजेललाई कोरोना भाइरस (काेभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा  समस्या आएपछि विराटनगरको नोवेल अस्पतालमा उपचाररत्, गाउँपालिका  अध्यक्ष भुजेलले राताेपाष्टसँग कुरा गर्दै आज बिहान आएकाे रिपाेर्ट अनुसार आफुमा   कोरोना भाइरस संक्रमण  पुष्टि भएकाे र हाल आफ्नाे  स्वास्थ्य समस्या सामान्य रहेकाे  जानकारी दिए।

अध्यक्ष भुजेलले आफ्नाे  सम्पर्कमा आएका सबैलाई  काेराेना परिक्षण गर्न र सुरक्षित तबरले होम क्वारेन्टाइनमा बस्न समेत  आग्रह गरेका छन्,।

केहि समय अगाडि हाम्राे सम्पर्कमा आएका अध्यक्ष भुजेलले आम गाउँपालिका बासिन्दाहरूमा ‘काेराेनालाई खेलाँचि नगर्न, सामाजिक दूरी कायम गर्न, पटकपटक सावुन पानीले हात धुन, भिडभाडमा नजान, मास्क तथा सेनिटाइजरको प्रयोग गर्न समेत अनुरोध गरेका छन्,।’

प्रतिकृया दिनुहोस्