News Portal

बामपन्थी नेता मैनाली रहेनन्

रातोपोस्ट संवाददाता
९१९ पटक

झापा, ९ कात्तिक । मुलुकमा बहुदलीय व्यवस्था र प्रजातन्त्र स्थापनाका लागि लामो संघर्ष र जेल जीवन बिताएका बामपन्थी नेता डिल्लीकुमार मैनालीको आइतबार बिहान निधन भएको छ।

७३ वर्षीय मैनालीको बिर्तामोड ८ स्थित आफ्नै घर गरामनीमा निधन भएको हो। २०४६ सालको आन्दोलन अघि पक्राउ परेका मैनाली दुई वर्ष जेल बसेका थिए। बहुदल आएपछि उनी सिराहा जेलबाट मुक्त भएका थिए।

मैनाली तत्कालीन गरामनी गाबिसको दुईपटक प्रधानपञ्च भएका थिए। उनी २०३७ र २०४४सालमा गरामनीको प्रधानपञ्च भएका थिए । उनी जिल्ला विकास समिति झापाको सदस्य पनि भएका थिए।

जनपक्षीय प्रधानपञ्च बनेका कम्युनिष्ट विचारधाराका जनवादी नेता मैनाली पहिला एमाले थिए। त्यसपछि माले, माओवादी हुँदै जनमोर्चामा प्रवेश गरेका थिए। मैनाली पछिल्लो समय राजनीतिमा निष्कृय थिए । मैनालीलाई युरिक एसिड, सुगर र पेटसम्बन्धी समस्या थियो।

प्रतिकृया दिनुहोस्