News Portal

सार्वजनिक सवारीमा यात्रु्ले देख्ने गरी भाडादर नटाँसे कारबाहि हुने

रातोपोस्ट संवाददाता
३९८ पटक

काठमाडौं, १५ कात्तिक । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुबाहक सवारीसाधनमा भाडादरको विवरण ९लिष्ट० नभएमा वा नटाँसेमा त्यस्ता सवारीसाधनलाई कारबाही गर्ने भएको छ ।

शुक्रवारदेखि अभियानकै रूपमा थालनी गरी ४२९ वटा सवारी साधनहरूमा लिस्ट टाँसेको महाशाखाले जनाएको छ भने आज शनिवार पनि उक्त अभियानलाई निरन्तरता दिइरहेको छ ।

सार्वजनिक सवारीसाधनले नियमविपरीत चर्को भाडा लिने गरेको गुनासो व्यवस्थापन गर्न तथा यात्रुलाई आफनो गन्तव्यसम्मको भाडादर सजिलै थाहा पाई ठगिनबाट रोक्नका लागि यात्रुले देखिने भाडादरको लिष्ट सवारीमा अनिवार्य राख्न कडाइ गरेको ट्राफिक महाशाखाका प्रमुख एसएसपी भिम प्रसाद ढकालले बताए ।

उनले सवारीसाधनले त्यस्तो लिष्ट नराखेको पाइए नियमअनुसार कारबाही गरिने जानकारी पनि दिए । यात्रुबाहक सवारीसाधनले प्रचलित तोकेकोभन्दा बढी भाडा लिने, आरक्षण सिट नराख्ने र राखे पनि कार्यान्वयन नगर्ने, क्षमताभन्दा बढी यात्रु राख्ने र ट्राफिक नियम उल्लङ्घन गर्ने गरेको भन्दै काठमाडौ उपत्यकामा कडा निगरानी तथा चेकजाँच गरिरहेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर प्रसाद यादवले जानकारी दिए ।

सडक र सवारी प्रयोगकर्ताहरुलाई कुनै पनि समस्या परेमा वा यात्राको क्रममा कुनै जानकारी लिनु परेमा ट्राफिक प्रहरीको हटलाईन १०३ मा फोन गर्न पनि महाशाखाले अनुरोध गरेको छ । त्यस्तै महाशाखाले ठूलो आवाज तथा मोडिफाई गर्ने, हर्न बजाउने, ढोका खुल्ला राख्ने तथा स्वास्थ्य मापदण्ड पालना नगर्ने लगायत ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधन उपर पनि कडाईका साथ कारवाही अभियान मार्फत कारवाही गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्