News Portal

  • राष्ट्रपतिद्वारा भारतीय सेनाध्यक्ष नरवणेलाई सेनाको मानार्थ महारथीको उपाधि प्रदान

    रातोपोस्ट संवाददाता
    २३६ पटक

    काठमाडौं, २० कात्तिक । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरेकी छन्।

    राष्ट्रपति भवन शितलनिवासमा आयोजित कार्यक्रममा नरवणेलाई मानार्थ महारथीको उपाधि प्रदान गरिएको हो।

    नेपाली सेना र भारतीय सेनाबीच एक–अर्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्पराअनुुरुप नरवणे नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न बुधबार नेपाल आएका हुन्।

    नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरवणे १८औँ सेनापति भएका छन्।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)