News Portal

कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु

रातोपोस्ट संवाददाता
३४७ पटक

काठमाडौं, २० कात्तिक । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १८ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०५२ पुगेको छ।

यस्तै, नेपालमा थप ३०५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै कोरोना संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ भने अहिलेसम्म १ लाख ४८ हजार ३०८ जना संक्रमणमुक्त भएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबारमात्रै ३४३० जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।

प्रतिकृया दिनुहोस्

Our Team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
संवाददाता: सुबराज लामिछाने
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
कानुनी सल्लाहकार : मानबहादुर खत्री
सम्पर्क नम्बर (९८५२६२१३००)