News Portal

कांग्रेस शीर्ष नेताको बैठक आज पनि बस्दै

रातोपोस्ट संवाददाता
५९६ पटक

काठमाडौं, २१ कात्तिक । नेपाली कांग्रेसका शीर्ष नेताको बैठक आज पनि बस्ने भएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बुझाएको विरोध पत्रमा छलफल गर्न बिहीबार बसेको बैठक टुंगोमा पुग्न नसकेपछि बैठक आज पनि बस्ने भएको हो। बैठक देउवा निवास बुढानीलकण्ठमा आज मध्यान्ह साढे १२ बजे बस्नेछ।

बिहीबारको बैठकमा सभापति शेरबहादुर देउवाले विभाग गठनको निर्णय फिर्ता नहुने बताएका थिए। विभाग बाहेक अन्य विवादित मुद्दामा छलफल गर्न सकिने देउवाको भनाइ थियो।

विधानतः २८ हुनुपर्ने विभागलाई ४७ पुर्याइएको छ । २० विभागका प्रमुख र सदस्यले देउवाले मनोनयन गरिसकेका छन्। बिहीबारको बैठकबाट पनि आफूहरु आशावादी नभएको वरिष्ठ नेता पौडेल पक्षले जनाएको छ। पौडेल पक्षले पेश गरेको १६ बुँदेमा बिहीबार छलफल भए पनि संस्थापन पक्ष विगतको निर्णयको बचाउमै देखिएको थियो।

विभाग गठन विधान र परम्परा विपरीत गरिएको र महाधिवेशनको आचार संहिताविपरीत रहेको पौडेल पक्षले बताउँदै आएको छ।

प्रतिकृया दिनुहोस्

Our Team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
संवाददाता: सुबराज लामिछाने
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
कानुनी सल्लाहकार : मानबहादुर खत्री
सम्पर्क नम्बर (९८५२६२१३००)