News Portal

मनोज गजुरेलको स्वास्थ्य सुधारोन्मुख

रातोपोस्ट संवाददाता
४४७ पटक

काठमाडौं, २२ कार्तिक । हास्य कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।

शशस्त्र प्रहरी अस्पतालका प्रवक्ता डा. प्रवीण नेपालले कोरोनाका कारण गम्भीर बिरामी परेका गजुरेलको अवस्थामा सुधार आइरहेको जानकारी दिएका हुन् ।

अस्पतालमा रहेका गजुरेल आफै खाना खान्छन् भने चिकित्सकहरुसंग कुराकानी गरिरहेका छन् । कात्तिक १० मा कोरोना पुष्टि भएपछि गजुरेल घरमै आराम गरिरहेका थिए । तर कोरोनाले च्यापेर फोक्सोमा समस्या देखिएपछि उनी बिहीबार अस्पतालमा भर्ना भएका थिए ।

गजुरेलले फेसबुकमा लेखेका छन्, ‘आराम छु, आरामको कामना गर्दछु । हिजो भन्दा आज धेरै राम्रो भइरहेको छ । स्वास्थ्य लाभको कामना गर्नु हुने सबैमा धन्यवाद ।’

प्रतिकृया दिनुहोस्