News Portal

बैठक बोलाउन माग गरिएको पत्र बोकेर नेकपाका बहुमत सचिवालय सदस्य बालुवाटार पुगे

रातोपोस्ट संवाददाता
६८६ पटक

काठमाडौं, कात्तिक २२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका सदस्यहरु बालुवाटार पुगेका छन्।

प्रधानमन्त्री एवम पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई सचिवालय बैठक डाक्न अनुरोध गर्न प्रचण्डसँगै वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ अहिले बालुवाटार पुगेका हुन्।

त्यसअघि नेताहरु आज पार्टी कार्यालय धुम्बाराहीमा छलफल गरेका थिए। पटक पटक बैठक माग गर्दा पनि ओलीले बैठक डाक्न अस्वीकार गरेको भन्दै शुक्रबार प्रचण्डले पार्टी कार्यालय धुम्बाराहीमा सचिवालयको अनौपचारिक बैठक डाके। जसमा सचिवालयका ९ मध्ये बहुमत सदस्यको उपस्थित थियो।

औपचारिक बैठक राखे पार्टी फुटको बिन्दु हुने ओलीको चेतावनीपछि अनौपचारिक बैठक राखिएको बिफ्रङ प्रचण्डले गरेका थिए। सो बैठकमा ओली, उपप्रधानमन्त्री समेत रहेका ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा अनुपस्थित रहे।

उक्त बैठकले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैठक बोलाउन अनुरोध गर्ने सामुहिक रुपमा बालुवाटार जाने समझदारी बनाएको थियो। नेकपा वि।वाद उत्कर्षमा पुगेका बेला कमिटी बैठकमा नै छलफल गर्नुपर्ने नेताहरुको मागप्रति ओलीले चासो देखाएका छैनन्।

प्रतिकृया दिनुहोस्