News Portal

थप २७५३ जनामा कोरोना संक्रमण पुष्टि, १७ जनाको मृत्यु

रातोपोस्ट संवाददाता
४५६ पटक

काठमाडौं, कात्तिक २२ । नेपालमा थप २७५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शनिबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप २७५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ भने अहिलेसम्म १ लाख ५५ हजार ११४ जना संक्रमणमुक्त भएका छन्।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १०८७ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार शनिबारमात्रै २२०६ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।

प्रतिकृया दिनुहोस्