News Portal

टुंगियो हल्दीबारी गाउँपालिकाकोे विवाद

रातोपोस्ट संवाददाता
६८१ पटक

हल्दीबारी, २७ कात्तिक । झापाको हल्दीबारी गाउँपालिकाको सातौं गाउँसभाको विवाद मिलेको छ । झण्डै पाँच महिनापछि विवाद मिलेको हो । गाउँपालिकाको सभाहलमा गाउँपालिकाका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देनको अध्यक्षतामा बसेको विशेष सातौं गाउ सभाको बैठकले विवादित विषयहरु टुंगो लगाएको छ ।

गत असारमा आयोजित सातौं गाउँसभाको पहिलो बैठकमा जलथल जंगल र आवादी सीमानाको सडक नामाकरणको विषयलाई लिएर जनप्रतिनिधिहरुको बीचमा विवाद भएको थियोे । गाउँ कार्यपालिकाको आजका बैठकले विशेष सभा आयोजना गर्ने निर्णय गरेको थियोे भने सभामा पेश गर्ने कार्यससुचीको विषयमा समेत टुंगो लगाएको थियोे । सोही बमोजिम विवाद समाधानका लागि विशेष सभाको आयोजना गरिएको थियोे । योसँगै अब हल्दीबारी गाउँपालिकाको सातौं गाउँसभाको विवाद सकिएको छ ।

सभाबाट पारित आर्थिक ऐन र विनियोजन ऐन प्रमाणिकरणका लागि सभाध्यक्षको हैसियतले गाउँपालिकाका उपाध्यक्षलाई जिम्मेवारी सुम्पेका थिए भने बजेट खर्च गर्ने अख्तियारीसमेत सभाबाटै प्रमुख प्रशासकीय अधिकृतलाई दिँदै सातौं गाउँसभा समापन गरेका थिए । सभा सम्पन्न भए पश्चात् गाउँपालिकाको राजश्व संकलन गर्नेदेखि लिएर खर्च गर्नेसम्मका कामकाजहरु नियमित रुपमा संचालन हुँदै आईरहेको थियोे ।

प्रतिकृया दिनुहोस्