News Portal

मन्त्री योगेश भट्टराईले भने- ‘सर्वाधिक कठिन समय’

रातोपोस्ट संवाददाता
४२५ पटक

काठमाडौं, ३ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवादलाई लक्षित गर्दै पार्टीको स्थायी समिति सदस्यसमेत रहेका पर्यटन मन्त्री योगेश भट्टराईले आफू सर्वाधिक कठिन समयबाट गुज्रिराखेको बताएका छन् ।

सामाजिक सञ्जालमा फेसबुकमा उनले पार्टी भित्रको विवाद चरम उत्कर्षमा पुगेका बेला यस्तो धारणा सार्वजनिक गरेका हुन् । शुक्रबार बसेको बैठकले आज (बुधबार) दिउँसो १ बजेका लागि नेकपाको सचिवालय डाकेकाे थियो । तर, आजै पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् बैठक डाकेका छन् ।

सचिवालय बैठक प्रभावित हुने गरी मन्त्रिपरिषद् बैठक डाकिएपछि पर्यटन मन्त्री भट्टराईले सर्वाधिक कठिन समय भनेर टिप्पणी गरेका छन् । उनी माधव कुमार नेपाल निकट मानिन्छन् । नेपाल, प्रचण्डसहितका पाँच जना सदस्यले सचिवालय बैठक कुनै हालतमा सार्न नसकिने अडान लिदै आएका छन् ।

तर, ओली बैठक सार्ने पक्षमा छन् । बैठक नसर्ने स्थिति बनेपछि ओलीले मन्त्रिपरिषद् बैठक डाकेको स्रोतको दाबी छ । यस्तो परिस्थितिमा डाकिएको बैठमा जाने की नजाने भन्ने विषयमा प्रचण्ड र नेपाल निकटका मन्त्रीहरु दोधारमा परेको स्रोतको दाबी छ । यहि सन्दर्भमा पर्यटन मन्त्री भट्टराईले लेखेका छन्– सर्वाधिक कठिन समय !

प्रतिकृया दिनुहोस्