News Portal

स्मीता दाहालकाे ‘मालिङ्गो’ गीतकाे म्युजिक भिडियो सार्वजनिक

रातोपोस्ट संवाददाता
२०९४ पटक

काठमाडौं, ४ मंसिर । आफैंले गाएको गीतको म्युजिक भिडियोमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी स्मीता दाहाल राजेश हमालको जोडी भएर देखिएकी छन्।

पछिल्लो समयमा लोकप्रिय बनेकी गायिक दाहालको नयाँ मालिङ्गो भिडियोसहित सार्वजनिक भएको छ । हरेक पटक फरक नयाँ लोकप्रिय गीत र भिडियो एक साथ सार्वजनिक गर्दै आएकी दाहालले राजेश हमालसगैँ आफु पनि अभिनय गरेर नयाँ गीत गज्जब टिभि मार्फत सार्वजनिक गरेकी हुन् । दाहाललाई गायक राजन शिवाकोटीले गीतमा साथ दिएका छन् ।

भने सुनिता नेपाल सुवेदीको लिरिक्समा शिवाकोटीकै संगीत र उदयराज पौडेलको एजेन्ज रहेको छ । गीत निकै फरक शैलीमा सरोज ओलीले निर्देशन गरेका छन् । नयाँ गीत सार्वजनिक गर्दै दाहाले विगत भन्दा यो गीतले आफुलाई थप उचाईमा पुराउने विश्वास व्यक्त गरेकी छिन् । यस गीतबाट स्मिताले गायन मात्रै होईन् अभिनय पनि आफुहरु अब्बल सावित भन्दै गएको सन्देश दिएकी छिन्

प्रतिकृया दिनुहोस्