News Portal

झापामा अस्ताउँदाे सूर्यलाई अर्घ्य दिइ छठ पर्व मनाइयाे

रातोपोस्ट संवाददाता
४३५ पटक

झापा, ५ मंसिर । कोरोना माहामारीका कारण यस वर्ष छठ पर्व घर–आँगनमा मनाइदैछ । नदी तथा खोलाको किनारबाट अस्ताउँदो तथा उदाउँदो सूर्यलाई अर्घ दिने धार्मिक तथा परम्परागत चलन छ । तर संक्रमण फैलिने खतरालाई मध्यनजर गर्दै सरकारको निर्देशनपछि झापाका जलाशयमा खासै चहलपहल देखिएन ।

यस वर्ष जिल्लाको मेची, निन्दा, हडिया, बिरिङ, देउनियाँ, कमल, कनकाई, अदुवा, कन्काई, रतुवा लगायतका नदी तथा खोलाहरूमा ब्रतालु तथा श्रद्धालुको संख्या न्यून देखिएको छ । अघिल्ला वर्षहरू यी नदीमा छठ पूजा धुमधामका साथ मनाउने गरिन्थ्यो । सङ्क्रमणका कारण धेरैजसो व्रतालु परिवारजनले घर–आँगन खाल्डो तथा छतमा कुण्ठ बनाएर छठ पूजा गरिरहेका छन् ।

न्यून संख्यामा मात्र स्थानीय व्रतालु परिवारजन नदी, खोला तथा पोखरीहरुमा भेला भएका छन् । झापामै ठूलो छठ पर्व मनाइने मेची, कन्काई र बिरिङ्गमा पनि यस वर्ष छठको चहलपहल खासै देखिएको छैन । यो महापर्वको पहिलो दिन अर्थात् चतुर्थी तिथिको दिन नुहाएर चोखो भई खाने (नहाय खाय), पञ्चमी तिथिका दिन खरना, तेस्रो अर्थात षष्ठी तिथिका दिन अस्ताउँदो र चौथो तथा अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ विधिवत समापन गरिन्छ ।

प्रतिकृया दिनुहोस्