News Portal

  • झापामा शनिबार थप ५४ जनामा कोरोना

    रातोपोस्ट संवाददाता
    २६८ पटक

    झापा, ६ मंसिर । झापामा आज (शनिबार) थप ५४ जना कोरोना संक्रमित थपिएका छन् । जसमा २८ महिला र २६ जना पुरुष रहेका छन् ।

    संक्रमितहरुमा मेचीनगर नगरपालिकामा १ महिलासहित ४ जना, बिर्तामोड नगरपालिकामा ५ महिलासहित १० जना, भद्रपुर नगरपालिकामा ७ महिलासहित ११ जना, अर्जुनधारा नगरपालिकामा ३ महिलासहित ५ जना, कनकाई नगरपालिकामा ९ महिलासहित १४ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

    यसैगरी, झापा गाउँपालिकामा १ जना पुरुष, बुद्धशान्ति गाउँपालिकामा १ जना पुरुष, शिवसताक्षी नगरपालिकामा १ महिलासहित २ जना र पालिका नखुलेको १ महिलासहित ५ जना संक्रमित रहेको उनले जानकारी दिए । त्यस्तै आज मृत्यु हुनेमा १ जना पुरुष छन् । कनकाई नगरपालिका वडा नं.५ का ६६ वर्षीय पुरुषको होम आइसोलेसनमा कोरोना भाइरसका कारण मृत्यु भएको कार्यालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)