News Portal

  • कांग्रेस सांसद मोहनप्रसाद पाण्डेले लिए सपथ

    रातोपोस्ट संवाददाता
    ११२६ पटक

    काठमाडौं, ८ मंसिर। नेपाली कांग्रेसका नेता मोहनप्रसाद पाण्डेले संघीय संसद् प्रतिनिधिसभा सदस्यका रुपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । समानुपातिक निर्वाचन पद्धतिबाट प्रतिनिधिसभा सदस्य चयन भएसँगै पाण्डेले सोमबार दिउँसो सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा शपथ ग्रहण गरेका हुन् । पाण्डेलाई प्रतिनिधिसभाका सभामुख अग्‍निप्रसाद सापकोटाले शपथ गराएका हुन् ।

    प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएपछि रिक्त रहेको उक्त पदमा नेपाली कांग्रेसले स्याङ्जाका पाण्डेलाई चयन गरेको हो । कांग्रेसले निर्वाचन आयोगमा बुझाएको बन्द सूचीमा केसीपछि खस आर्यतर्फको कोटामा पाण्डेको नाम समावेश थियो । प्रतिनिधिसभा सदस्यका रुपमा शपथ ग्रहण गरेपछि पत्रकारहरुसँग कुरा गर्दै सांसद पाण्डेले संघीय संसदको गरिमा उँचो बनाउन आफ्नो भूमिका रहने बताए ।

    यस्तै पछिल्लो समय प्रतिपक्ष प्रति जनताबीच विकास भएको धारणा चिर्न थप सशक्त भूमिका निर्वाह गर्ने प्रतिबद्धतासमेत पाण्डेले व्यक्त गरे । २०३७ सालमा नेपाल विद्यार्थी संघमा आबद्ध भई पाण्डेले राजनीतिक यात्रा सुरु गरेका थिए । यस्तै २०४३ सालमा नेपाल विद्यार्थी संघ त्रिभुवन बहुमुखी क्यमम्पस पाल्पाको सभापति, २०४८ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य भएर काम गरेका थिए । यस्तै पार्टीको जिल्ला कार्य समिति, महाधिवेसन प्रतिनिधि र महासमिति सदस्य हुँदै पार्टीमा सक्रिय भूमिकामा रहेका पाण्डे २०६४ सालको निर्वाचनमा स्याङ्‍जा क्षेत्र ३ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)