News Portal

सुरक्षाकर्मीले गोली चलाए विप्लव नेकपाले टुलुटुलु हेरेर नबस्ने

रातोपोस्ट संवाददाता
१६३७ पटक

काठमाडौं, ८ मंसिर । प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सुरक्षाकर्मीले आफ्ना कार्यकर्तामाथि गोली चलाए टुलुटुलु हेरेर नबस्ने पार्टीको नीति रहेको स्पष्ट पारेका छन्।

पार्टी पुर्नगठन दिवसको अवसरमा सार्वजनिक भिडियोमा महासचिव विप्लवले आफ्नो पाटीसँग जनमुक्ति सेना र हतियार रहेको स्वीकारेका छन्। कोरोना महामारीलाई लिएर आफ्नो पार्टीले सम्पूर्ण काम कारवाहीहरु स्थगित गरेको घोषणा गर्दा समेत सरकारले निर्दयीपना देखाएर आफ्ना कार्यकर्तामाथि धरपकड गरेको विप्लवको आरोप छ।

हालै संखुवासभा लगायतका जिल्लामा भएको ‘गोलीकाण्ड’ प्रतिरोधमा भएको विप्लवले बताए । महासचिव विप्लवले मानवीय भएर व्यवहार गर्न र माथिको आदेशमा मात्रै नचल्न सुरक्षा निकायलाई समेत आग्रह गरेका छन्। २ घण्टा लामो भिडियोमा विप्लवले समसामयीक राजनीति, आफ्नो पार्टीका गतिविधीबारे बोलेका छन्।

तलको भिडियो हेर्नुहोस्

प्रतिकृया दिनुहोस्

Our Team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
संवाददाता: सुबराज लामिछाने
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
कानुनी सल्लाहकार : मानबहादुर खत्री
सम्पर्क नम्बर (९८५२६२१३००)