News Portal

कोरोनाबाट ३४ वर्षीय प्रहरी निरीक्षकको मृत्यु

रातोपोस्ट संवाददाता
७६८ पटक

मोरङ, ९ मंसिर । कोरोनाबाट सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक नवीन बुढाथोकीको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल १ नम्बर गण विराटनगरमा कार्यरत बुढाथोकीको सोमबार राति मृत्यु भएको उनका साथी सशस्त्रका प्रहरी निरीक्षक ईश्वर कोइरालाले जानकारी दिएका छन्।

कोइरालाका अनुसार बुढाथोकीलाई कोरोना संक्रमण भएको दुईसाताअघि पुष्टि भएको थियो । यसअघि कुनै रोग नभएका बुढाथोकीलाई स्वास्थ्यमा समस्या देखिएपछि विराटनगरस्थि विराट नर्सिङ होममा भर्ना गरिएको थियो । उनका सहब्याजी समेत रहेका कोइरालाका अनुसार सुरुको एकसाता आइसीयूमा राखेर उपचार गरिएको थियो ।

स्वास्थ्यमा थप समस्या देखिएपछि भेन्टिलेटरमा राखिएको थियो । सोमबार राति ११ बजेतिर बुढाथोकीको मृत्यु भएको हो । ३४ वर्षीय बुढाथोकीको स्थायी घर तेह्रथुम रहेका सशस्त्र प्रहरी निरीक्षक कोइरालाले जानकारी र्दि ।

प्रतिकृया दिनुहोस्