News Portal

सरकारी जग्गा हडपेको आरोपमा नेकपाका नेता गगन पुरी पक्राउ

रातोपोस्ट संवाददाता
७५५ पटक

काठमाडौं,९ मंसिर । झापामा सरकारी जग्गा हडेपेको आरोपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता पक्राउ परेका छन् । सम्पति शुद्धिकरण अनुसन्धान विभागको टोलीले झापाको दमकका नेकपा नेता रेवतराज पुरी’गगन’ पक्राउ परेका छन्।

सम्पत्ति सुदृढीकरण अनुसन्धान विभागले पुरीलाई काठमाडौंबाट हिरासतमा लिएको हो। नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकट मानिने पुरीलाई दमकस्थित जग्गा हडपेको प्रकरणमा बयानका लागि आएका बेला विभागले हिरासतमा लिएको हो। हिरासतमा लिइएका पुरीलाई १५ दिनको म्याद लिएर अनुसन्धान गरिने जनाएको छ। यो प्रकरणमा पुरी यसअघि पनि २०७६ चैत ७ गते जिल्ला अदालत झापामा उपस्थित भएका थिए।

नेकपा प्रदेश १ का सदस्यसमेत रहेका पुरी गत स्थानीय तह निर्वाचनमा दमक नगरपालिकाको मेयरमा उम्मेद्वार थिए । पूर्वमाओवादी निकट रहेका नेता पुरी स्थानीय तहको निर्वाचनमा पराजित उम्मेद्वार हुन् ।

दमक नगरपालिका ६ स्थायी घर भएका पुरीले वडा नम्बर ८ मा रहेको १० बिगाहा ८ कठ्ठा जग्गा आफ्नो नाममा नामसारी गरेर विक्री गरेको आरोप लागेको छ । पक्राउ परेका पुरीमाथि थप अनुसन्धान गरेर कारबाही प्रक्रिया अगाडि बढाइने विभाग स्रोतले जानकारी दियो ।

प्रतिकृया दिनुहोस्