News Portal

तीनजना सचिवमा बढुवा, भारत, बङ्गलादेशको उडान खोल्ने सरकारको निर्णय

रातोपोस्ट संवाददाता
४५९ पटक

काठमाडौं, १० मंसिर । मन्त्रिपरिषद् बैठकले तीनजना सचिव बढुवा गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गोकर्ण दवाडी, योगेन्द्र कार्की र सुरेश आचार्यलाई सचिवमा बढुवा गरेको हाे ।त्यस्तै आज बसेको मन्त्रिपरिषद् बैठकले भारत र बङ्गला देशको उडान खुला गर्ने निर्णय गरेको छ ।

ती देशमा हवाई उडान, जनस्वास्थ्यसम्बन्धी प्रोटोकल पालना गर्दै उडान खोल्ने संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद् बैठकले पारित गरेको हो । आजै बसेको मन्त्रिपरिषद् बैठकले नेपाल आउने पर्यटक र अरू नागरिकलाई अराइभल र भिजिट भिसा दिने पनि निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस्