News Portal

नेपालमा थप १७०३ जनामा कारोना संक्रमण पुष्टि, २३ जनाको मृत्यु

रातोपोस्ट संवाददाता
५३९ पटक

काठमाडौं, १२ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप १७ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार ४६० जनाको पीसीआर परीक्षण गरिएकोमा १ हजार ७ जना पुरुष र ६ सय ९६ जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख २९ हजार ३४३ पुगेको छ । काठमाडौँ उपत्यकामामात्र ८२२ जना संक्रमित थपिएका छन् । यसमा ४४३ जना पुरुष र ३७९ जना महिला रहेका छन् । अहिले काठमाडौँ, भक्तपुर, ललितपुर, झापा र कास्कीमा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन् । मनाङ र डोल्पा संक्रमणमुक्त भएको छ ।

यो अवधिमा १२ सय ३६ जना निको भएका छन् । हालसम्म नेपालमा २ लाख १० हजार ६७१ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९१.९ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा थप २३ जनाले ज्यान गुमाएका छन् । हालसम्म मृत्यु हुनेको कूल संख्या १४३५ रहेको छ । संक्रमित मध्ये १० हजार ९४४ जना होम आइसोलेसनमा छन् भने ३५४ जनाको आइसीयू तथा ५४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्