News Portal

नेपालमा २४ घण्टामा १३८० संक्रमित थपिए, १९ को मृत्यु

रातोपोस्ट संवाददाता
४५२ पटक

काठमाडौं, १३ मंसिर । पछिल्लो २४ घण्टामा नेपालमा  १३८० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १९ जनाको मृत्यु समेत भएको छ ।

मन्त्रालयका अनुसार यससँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ३० हजार ७२३ पुगेको छ भने मृतकको संख्या १४५४ पुगेको छ । यस्तै पछिल्लो  २४ घण्टामा थप ५१५ निको भएपनि कुल निको हुने संख्या २ लाख ११ हजार १८६ पुगेको छ ।

यसैगरी हाल देशभर सक्रिय संक्रमित १८ हजार ८३ जना रहेका छन् भने निको हुने दर ९१.५ प्रतिशत रहेको छ ।यसैबीच बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ६५४ जनामा संक्रमण पुष्टि भएको छ।

प्रतिकृया दिनुहोस्