News Portal

नाका खोल्न र होल्डिङ सेन्टर हटाउन माग गर्दै काँकरभिट्टामा विरोध प्रर्दशन

रातोपोस्ट संवाददाता
९५० पटक

मेचीनगर, १३ मंसिर । होटल व्यवसायी संघ मेचीनगर र ट्राभल संघ झापाको अगुवाइमा आज काँकरभिट्टामा विरोध प्रर्दशन गरिएको छ । काँकरभिट्टामा नाका खोल्न र होल्डिङ सेन्टर हटाउन माग गर्दै व्यवसायी, मजदुर र स्थानीय जनताले विरोध प्रर्दशन गरेका हुन् ।

रोगले होइन भोगले मान्छे मर्न थाले, व्यवसायी बन्दीले जनता मरे आर्थिक मन्दीले, सीमा नाका खुल्ला गर, होल्डिङ सेन्टर तुरुन्त बन्द गर, होल्डिङ सेन्टरबाट गाडी बुक गर्न बन्द गर लगायतका नाराका लगाइ हातमा प्लेकार्ड बोकेर काँकरभिट्टाकाे सडकमा विरोध जुलुससहित कोण सभामा गरेका थिए।

कोण सभामा होटल व्यवसायी महासंघ केन्द्रिय सचिव राजु अधिकारी, संघका मेचीनगर अध्यक्ष सुरेशकुमार श्रेष्ठ (गोपाल), स्वतन्त्र यातायात मजदुर संगठन मेचीनगर समितिका अध्यक्ष खडानन्द भण्डारी, मेची उद्योग बाणिज्य संघकी महिला उपाध्यक्ष बिना तामाङ, ट्राभल संघ झापाका अध्यक्ष निरबहादुर कार्की (नेत्र) लगायतले सीमा नाका खोल्न र काँकरभिट्टाको होल्डिङ सेन्टर हटाउन माग गरेका थिए ।

बुधबार पनि नाका खोल्न र होल्डिङ सेन्टर हटाउन माग गर्दै काँकरभिट्टामा होटल व्यवसायी संघ र ट्राभल संघ झापाको अगुवाइमा मौन जुलुस प्रर्दशन गरिएको थियो । होटल व्यवसायी संघका नगर अध्यक्ष श्रेष्ठको सभापतित्व र सचिव हस्तबहादुर तामाङको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्