News Portal

  • एक दिने नेपाल भ्रमण सकेर चिनियाँ रक्षामन्त्री स्वदेश फिर्ता

    रातोपोस्ट संवाददाता
    ३६० पटक

    काठमाडौँ, १४ मंसिर । नेपाल भ्रमणमा आएका चिनियाँ रक्षामन्त्री वेइ फेङहे स्वदेश फर्किएका छन् । केहिबेर अघि उनी स्वदेश फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको हो।

    बिहान १० बजे काठमाण्डौ आएका उनी दिनभरि भेटवार्तामा व्यस्त रहे । साँझ उनले शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारी र बालुवाटरामा प्रधानमन्त्री केपी शर्मा ओलीसित शिष्टाचार भेटवार्ता गरेका थिए । भेटमा दुई देशबीच भएका सम्झौता कार्यान्वयन लगायतका विषयमा कुराकानी भएको थियो । भेटमा प्रधानमन्त्री ओलीले सन् २०१६ मा चीन भ्रमणका क्रममा आफूले गरेको ‘व्यापार र पारवहन सम्झौता’ र अन्य द्विपक्षीय उच्चस्तरीय सम्झौता कार्यान्वयनका क्रममा रहेको जानकारी गराएका थिए ।

    प्रधानमन्त्री ओलीले गएको वर्ष नेपालका भएको चिनियाँ राष्ट्रपति सी जिङ पिङको ऐतिहासिक र सफल भ्रमणको स्मरण गर्दै नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता दोहोर्याउनु भएको प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए । जवाफमा चिनियाँ रक्षामन्त्री फेङहेले नेपालसँग भएका सम्झौताको कार्यान्वयनमा आफ्ना तर्फबाट कुनै समस्या नरहेको उल्लेख गर्दै दुवै देश शान्तिका पक्षमा रहेकाले कुनै एक र अर्को देशसँगको सम्बन्धमा तेस्रो देशको सम्बन्धलाई जोड्न नहुने बताएका थिए ।

    त्यसअघि चिनियाँ रक्षामन्त्री वेइ फेङहेले नेपाली सेनाको मुख्यालय जंगी अड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरेका थिए । त्यहाँ उहाँले सेनाले दिएको सम्मान गारद ग्रहण गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)