News Portal

कोरोनाबाट झापामा थप एक वृद्धाको मृत्यु

रातोपोस्ट संवाददाता
७९८ पटक

झापा, १६ मंसिर। कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा झापाकाे दमक नगरपालिका वडा नं. ३ की ८२ वर्षीया वृद्धाको मृत्यु भएको छ।

संक्रमित भएकी उनलाई मंसिर ७ गते उपचारका लागि धरान स्थित काेभिड अस्पतालमा भर्ना गरिएकाे थियाे । उनको उपचारका क्रममा सोमबार निधन भएको र उनमा कोरोनासँगै दीर्घरोग समेत रहेकाे प्रतिष्ठानका सहायक प्रवक्ता डा. चुडामणि पोखरेलले जानकारी दिए। याे सँगै झापामा काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या १ सय ११ जना पुगेकाे छ।

प्रतिकृया दिनुहोस्