News Portal

झापामा ५९ जनामा काेराेना पुष्टि, ३ काे मृत्यु

रातोपोस्ट संवाददाता
६६० पटक

झापा, १६ मंसिर । पछिल्लाे २४ घण्टामा  झापामा थप  ५९   जनामा काेराेना भाइरस (काेभिड-१९ ) संक्रमण पुष्टि  भएकाे छ भने ३ जनाकाे मृत्यु भएकाे छ। मृत्यु हुनेमा  शिवसतासी -८ का ८७ वर्षिय पुरूष , ३६ वर्षिय महिला र दमक – ३ का ८२ वर्षिय महिला रहेका छन्।

संक्रमित हुनेहरूमा दमक वडा नं. ४,५, ६ ,९र १० का ७ जना, बिर्तामाेड वडा नं. १,२,३,४,५,६ र ८ का  १५ जना , गाैरादह वडा नं. ३  का  १ जना , मेचिनगर वडा नं. १ ० का १ जना ,भद्रपुर वडा नं. २,३,५,६,८ र १० का १६ जना रहेका छन्। त्यस्तै कनकाइ वडा नं. १ र ६ का ४ जना, अर्जुनधारा वडा नं. ६ र १० का ३ जना ,  बुद्दशान्ति वडा नं.  ३ का १ जना ,कचनकवल वडा नं. २ का १ जना, शिवसतासी वडा नं. ३ र८ का ४ जना र अन्य ठेगाना भएका  ६  जना गरी ५९  जनामा संक्रमण पुष्टि भएकाे  स्वास्थ्य कार्यालय झापाका  फाेकल पर्सन जिवन चौलागाईँले जानकारी दिएका छन्,।

आजसम्म  झापामा ३३१३५ जनाकाे स्वाव परिक्षण गरिएकाे छ भने कुल संक्रमितकाे संख्या ३९२० पुगेकाे छ। त्यस्तै आजसम्म काेराेना जित्नेहरूकाे संख्या २५५२ रहेकाे छ भने आइसाेलेसनमा रहेका सक्रिय संक्रमितकाे संख्या १२५५ रहेकाे र हालसम्म ११३ जनाकाे मृत्यु भएकाे छ।

 

प्रतिकृया दिनुहोस्