News Portal

कोरोना अपडेट : थप १२७२ जनामा कोरोना संक्रमण, १६ को मृत्यु

रातोपोस्ट संवाददाता
४३३ पटक

काठमाडौं, १९ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप १२७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमा ४८४ महिला र ७८८ जना पुरुष रहेका छन् । यस्तै १५७५ जना संक्रमणमुक्त भएको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १६ जनाले ज्यान गुमाएका छन् ।

यससँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ३८ हजार ८६१ जना पुगेको छ भने निको हुनेको संख्या २ लाख २१ हजार ८४७ र मृतकको कुल संख्या १५६७ पुगेको छ । यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ४४७ रहेको छ । मन्त्रालयका अनुसार संक्रमित निको हुने दर ९२.९ प्रतिशत रहेको छ ।

यस्तै हालसम्म १७ लाख ७१ हजार ९५० जनाको पीसीआर भएको छ भने पछिल्लो २४ घण्टामा ८ हजार ३१ जनाको परीक्षण भएको छ ।
यसैबीच पछिल्लो २४ घण्टामा काडमाडौं उपत्यकामा ६०६ जनामा संक्रमण पुष्टि भएको

प्रतिकृया दिनुहोस्