News Portal

  • मेचीनगरमा एक दिवशीय अन्र्तक्रिया कार्यक्रम सम्पन्न

    रातोपोस्ट संवाददाता
    ९३४ पटक

    झापा, मंसिर १९ । ‘बाल विवाह तथा कम उमेरमा हुने विवाह न्यूनिकरण परियोजना’ अन्तर्गत जनप्रतिनिधि तथा सरोकारवालासँग शुक्रबार अन्र्तक्रिया गरिएको छ ।

    झापाको मेचीनगर, कचनकवल र बाह्रदशी गाउँपालिकामा सो परियोजना सञ्चालन गर्दै आएको महिला जनचेतना केन्द्र काँकरभिट्टाले उक्त अन्र्तक्रिया आयोजना गरेको हो । छलफलका क्रममा एम्नेष्टि इन्टरनेशनल नेपालका पूर्व अध्यक्ष हेमकुमार खड्काले बलात्कारका घटनाले समाजमा डरलाग्दो रुप लिईरहनु चिन्ताजनक विषय भएको बताए ।

    जुनसुकै अपराधका घटनामा पनि फाँसीको सजाय मानव अधिकार विपरीत भएकाले संयुक्त राष्ट्र संघले जारी गरेको मानव अधिकार सम्बन्धी घोषणा पत्रले मृत्युदण्डलाई नस्वीकार्ने मानव अधिकारकर्मी खड्काले स्पष्ट पारे । समाजमा चेतनाको स्तर बढ्दै गएपनि अपराधका घटनामा कमी नआएकोप्रति चिन्ता प्रकट गर्दै खड्काले हिंसाजन्य घटना न्यूनिकरण गर्न हरेक व्यक्ति सचेत र संवेदनशील बन्नुपर्नेमा जोड दिए ।

    त्यसक्रममा राष्ट्रिय महिला आयोगकी उजुरी व्यवस्थापन अधिकृत विमला खड्काले पछिल्लोसमय लैंगिक हिँसाका घटना विकराल बनिरहेको चर्चा गरिन् । घटनाका पीडित पक्षलाई न्याय दिलाउन आयोगले निर्वाह गर्दै आएको भूमिका बारे स्पष्ट पार्दै अधिवक्ता खड्काले स्थानीय सरकार गठनपछि बनेको न्यायिक समिति हिंसा निवारणमा सहयोगी बन्दै गएको बताईन् ।

    उक्त कार्यक्रममा मेचीनगर वडा नम्बर ५ का अध्यक्ष योगेन थापा, जनप्रतिनिधिहरु धिरावती लिम्बू, लक्ष्मी थिङ तामाङ, देवीप्रसाद सुवेदी, चन्द्रकुमारी विक, रुपा गुरुङ, समाजसेवी मैयाँ प्रसाईंलगायतको उपस्थिति थियो । आयोजक संस्थाकी अध्यक्ष भुवन सुब्बाको अध्यक्षतामा भएको सो कार्यक्रममा संस्थापक अध्यक्ष एवं कार्यकारी प्रमुख राधा प्रधान कार्कीले स्वागतसहित औचित्यबारे प्रकाश पारेकी थिईन् ।

    महिला हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा अन्र्तक्रिया आयोजना गरिएको कार्यक्रम सञ्चालक तथा संस्थाका कार्यक्रम संयोजक मणिकुमार लिम्बूले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)