News Portal

लैङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान अर्न्तगत सचेतनामुलक कार्यक्रम सम्पन्न

रातोपोस्ट संवाददाता
४५३ पटक

पर्वत,२१ मंसिर। लैङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान अर्न्तगत सचेतनामुलक कार्यक्रम सम्पन्न भएकाे छ । हिजाे शनिबार पर्वत जिल्लाकाे कुश्मा नगरपालिका- ९ को वडा एरियामा लैङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत लैङ्गीक हिंसा सम्बन्धित सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हाे ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रदिप पौडेलको अध्यक्षता रहेको र कु.न.पा. ९ का वडा अध्यक्ष कृष्ण प्रसाद शर्मा, सामाजिक अभियान्ता सरस्वती शर्मा जिज्ञासु, नेपाल महिला संघ पर्वतका कार्य वाहक सभापति मुना शर्मा लामीछाने, महिला विकाश निरिक्षक चेत कुमारी शर्मा, सामुदायिक प्रहरी प्र.ना.नि. पुर्णिमा थापा, वडा सदस्य विन्दु पौडेल, वडा प्रतिनिधी, समुदायका सामाजिक व्यक्ति, स्थानिय भद्रभलादमी गरी अंदाजी २५ जनाको उपस्थितिमा लैङगिक हिंसा विरुद्धको कार्यक्रम सम्पन्न गरिएकाे प्रहरीले जनाएकाे छ ।

कार्यक्रममा लैङ्गीक हिंसा न्यूनीकरण गर्न सबै सरोकारवालाहरुले तदारुकताका साथ हातेमालो गर्दै अघि बढ्नु पर्ने र लैङ्गिक समानता नै समाजको विकासको पुर्वाधार बन्न सक्ने जस्ता कुराहरुलाई जोड दिईएको थियो ।

प्रतिकृया दिनुहोस्