News Portal

विवेकशील र साझा फेरी जोडिए

रातोपोस्ट संवाददाता
५७० पटक

काठमाडौँ, २४ मंसिर । विवेकशील नेपाली दल र साझा पार्टीबीच एकताको घोषणा भएको छ ।

दुवै दलबीच एकीकरण भएको सहमति पत्रमा विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डे र साझा पार्टीका संयोजक रविन्द्र मिश्रले हस्ताक्षर गरेका छन् ।

एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी हुने भएको छ भने चुनाव चिन्ह तराजु राखिएको छ । त्यस्तै एकीकृत पार्टीको अध्यक्ष रविन्द्र मिश्र हुने छन् भने संयोजकमा मिलन पाण्डे रहने छन् ।

दुवै दलले विगतका त्रुटी र कमजोरीबाट पाठ सिक्ने र त्यसबाट चोट परेका शुभेच्छुकसँग क्षमायाचना गर्दै सुसंस्कृत पार्टी निर्माणको यात्रामा दरिलो पाइला चाल्ने बताएका छन् । पार्टी एकता गर्दै लोकतन्त्रलाई सुरक्षित गर्दै अग्रगामी कदम चाल्न र जनताको जीवन परिवर्तन गर्न काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । यस अघि २०७४ साउन ११ गते एक भएका विवेकशील र साझा २०७५ को पुसमा अलग अलग भएका थिए ।

प्रतिकृया दिनुहोस्